बाजुराका नौ स्थानीय तह मध्ये संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिका प्रथम
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बाजुराका सबै पालिकाको अंक उत्साहजनक

बाजुरा जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिका प्रथम
-नविन अयडी
त्रिवेणी,कैलाशमाडौ,बाजुरा, फागुन,१०– बाजुरा जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिका प्रथम भएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा बुढिगंगा नगरपालिकाले ९७ अंक सहित पहिलो र जगन्नाथ गाउँपालिका ९३ दशमलव ७५ अंकका साथ दोस्रो र हिमाली गाउँपालिका ८९ दशमलव ५ अंक सहित तेस्रो बनेको छ ।
त्यसपछि क्रमश: बडीमा लिका नगरपालिका ८७ दशमलव ५ प्रतिशत, स्वामिकार्तिक खापर गाउँपालिका ८७ दशमलव ५ अंक, खप्तड छेडेदह गाउँपालिका ८३ अकं, त्रिबेणी नगरपालिकाले ८१ दशमलव २५ अकं , गौमूल गाउँपालिका ७८ अकं र बुढीनन्दा नगरपालिका ६१ दशमलव ५ अकं ल्याउन सफल भएका छन ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LIZA) ले नेपालभरिका स्थानीय तहहरूलाई आफ्ना स्रोत, क्षमता, र कार्यप्रणालीको विश्लेषण गर्न र मूल्याङ्कन गर्न मद्दत पुर्याउँने गर्दछ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LIZA) को उद्देश्य संस्था आफैलाई मूल्याङ्कन गरी सुधारको दिशा पहिचान गर्नु हो। नेपालमा स्थागत क्षमता स्वमूल्यांकन (LIZA) प्रायः शैक्षिक संस्था, सरकारी निकाय, गैर-सरकारी संगठन (NGO) र विभिन्न विकास परियोजनाहरूमा प्रयोग गरिन्छ। यस प्रक्रियामा संस्थाले आफ्ना संगठनात्मक संरचना, नीति, प्रक्रिया, स्रोत, र कार्यसम्पादनको मूल्याङ्कन गर्छ र सुधारको आवश्यकता पहिचान गर्दछ। यसले संस्थाका स्रोतहरूको जाँच र व्यवस्थापनको क्षमता मूल्याङ्कन गर्ने, संस्थाका कार्यप्रणालीहरूको सुधारका लागि सुझाबहरू तयार गर्न, संस्थालाई आत्म-परख र निरन्तर सुधारमा प्रेरित गर्नु / संस्थाले स्थानीय, सांस्कृतिक र परिप्रेक्ष्यका लागि आवश्यक परिमार्जनहरू गर्न प्रोत्साहन गर्न सहयोग गर्दछ ।
यस प्रक्रिया मार्फत स्थानीय तहले आफ्ना क्षमता, कमजोरी र अवसरहरूको विश्लेषण गरेर सुधारका उपायहरू पहिचान गरेर आवश्यक सुधार सहित आगामी बर्ष आफूलाई थप प्रभावकारी र सक्षम बनाउँछ।
बाजुराको मालाकोटमा क्यान्सर पिडित आमाको मृत्युपछि टुहुरा बनेका तीन भाइलाई सहयोगका लागि अनुरोध
-खेम मिजार बाजुरा- बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७, मालाकोट गाउँमा आमाको मृत्यु भएपछि टुहुरा बनेका तीन दाजुभाइलाई सहयोग गरि दिन

मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली
मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न मिल्दैन: प्रधानमन्त्री ओली काठमाडौं, फागुन १३ गते - प्रधानमन्त्री ओलीले

बाजुरामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा संचालन -भावना बुढा त्रिवेणी,कैलाशमाडौ,बाजुरा,फागुन,११ गते- बाजुरा जिल्ला त्रिवेणी
प्रतिकृया दिनुहोस